साम्राज्ञी, स्वस्तिमा र ओसिनसँग किन रुष्ट बनिन् जसीता ?
![साम्राज्ञी, स्वस्तिमा र ओसिनसँग किन रुष्ट बनिन् जसीता ?](https://npcdn.ratopati.com/media/news/jasita_I9OnOB14UB.jpg)
काठमाडौँ । अभिनेत्री जसीता गुरुङले राष्ट्रिय टेलिभिजनमा आफ्नो व्यक्तिगत विषय उठाएको भन्दै गम्भीर आपत्ति व्यक्त गरेकी छन् । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ का दौरान अन्य अभिनेत्रीहरूले जसीताको प्रेम जीवनको बारे कुरा गरेपछि जसीता क्रुद्ध बनेकी हुन् ।
कार्यक्रमको नियमित प्रस्तोता सुरज सिंह ठकुरीले कार्यक्रम छाडेपछि अहिले ओसिन सिटौला कार्यक्रमको नयाँ प्रस्तोता भएर आएकी छन् । तर, आफ्नो पहिलो एपिसोडमा नै ओसिन विवादमा तानिएकी हुन् ।
कार्यक्रममा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आमन्त्रण गरिएको थियो । कार्यक्रमकोको एक सेग्मेन्टमा दुई पाहुनालाई ओसिनले विभिन्न प्रश्नको उत्तर दिन लगाउँदै खेल खेलाउँछिन् । यस क्रममा उनले जसीताको प्रेमीहरूको बारेमा प्रश्न गर्छिन् । त्यसपछि दुई अभिनेत्रीले उनको प्रेमीहरूको नाम खुलाउँछिन् ।
यस प्रश्नको उत्तरले विवाद सिर्जना गर्नेमा दुवै अभिनेत्री सचेत पनि देखिन्छन् । प्रश्नको उत्तर दिएपछि साम्राज्ञीले आफूलाई ‘विवाद मनपर्ने’ समेत बताउँछिन् ।
यसबारे जसीताले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै अरूको व्यक्तिगत जीवनको बारेमा कुरा गरेकोमा गहिरो दुःख व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘मैले यसबारे बोल्नुपर्ने भयो । मैले कहिल्यै बुझिनँ, मानिसहरूले राष्ट्रिय टेलिभिजनमा किन कसैको व्यक्तिगत जीवनको बारेमा कुरा गर्नुपर्छ, जबकि उनीहरूलाई व्यक्तिगत रूपमा पनि थाहा हुँदैन।’
‘यो अन्तर्वार्ता हेरेपछि म यी व्यक्तिहरूबाट एकदमै दुःखी छु। के हामी साँच्चै महिलाले अर्को महिलालाई होच्याउनेविरुद्धमा छौँ ? तीमध्ये कसैसँग मेरो व्यक्तिगत समस्या छैन। सुरुदेखि नै, मैले उनीहरूलाई अभिनेता र होस्टको रूपमा उच्च सम्मान र प्रशंसामा राखेको छु। तपाईंले भन्ने र गर्ने कामले कतिको जीवन प्रभावित हुनेछ भन्ने पनि बुझ्नुहुन्छ?’ उनले प्रश्न गरेकी छन् ।
‘के तपाईंलाई थाहा छ, मैले मेरो विगतमा के भोगेको छु? मेरो परिवारले तपाईंको अन्तर्वार्ता र समाचार हेरिरहेको छ जस्तो लाग्दैन? महिला भएर समाजका लागि कस्तो उदाहरण बसाल्नुभएको छ ? कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्ने र चर्चा गर्ने कारण के हो?,’ जसीताले तीन जनामाथि प्रश्न तेर्स्याएकी छन् ।
आफूमाथि प्रश्न उठेपछि साम्राज्ञीले भने जसीतालाई सामाजिक सञ्जालमा ब्लक नै गरेकी छन् । जसीताको पक्षमा थुप्रै कलाकारहरू उभिएका छन् । गायिका त्रिशाला गुरुङ, अभिनेता अनमोल केसी, कविता नेपालीलगायतले उनको पोस्टमा कमेन्ट गर्दै उनीप्रति समर्थन जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ठूला आयोजना निर्माणमा जोड दिन प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह
-
‘पूर्णबहादुरको सारंगी’ले १० हलमा मनायो १०० दिन, अहिलेसम्मको व्यवसाय कति ?
-
भारतको सहयोगमा निर्माण हुने वर्थिङ सेन्टरको भवन शिलान्यास
-
युक्रेनी हिरासतबाट फर्किएका नेपालीको अनुभव– अहिले युक्रेन जानु सुगाको पिँजडामा पर्नु जस्तै हो
-
वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रमको कानुन निर्माण प्रक्रिया अघि बढाउने सहमतिसँगै हट्यो संसद्को गतिरोध
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित