नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
काठमाडौँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सम्पन्न भएको छ । चार दिनसम्म मेरिल्यान्ड राज्यको सिल्भर स्प्रिङस्थित एएफआई सिल्भर थिएटरमा सञ्चालन भएको महोत्सवको उद्घाटन नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ देखाइएको थियो । फिडेल देवकोटा निर्देशित चलचित्र ‘द रेड सुटकेस’ प्रदर्शनसँगै समापन भएको महोत्सवको अन्तिम दिन विभिन्न चलचित्रलाई पुरस्कृत गरिएको थियो ।
महोत्सवमा नेपाल, अमेरिका, इरान , जर्मनी , पाकिस्तानलगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३५ चलचित्रहरू प्रदर्शन गरिएको थियो ।
महोत्सवको निर्णायक मण्डलको संयोजकमा नेपाली निर्देशक दीपक रौनियार र सदस्यमा नीना स्ट्रेइच, रेविका बस्तामेन्टी, माइकल ब्राउन, ल्यारी एंगेल थिए । समापन समारोहमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई उपस्थित थिए ।
निर्देशक सुब्बाले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा यस्तो चलचित्र महोत्सव महत्त्वपूर्ण हुने बताए । ‘यो फिल्म फेस्टिभलले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा ठुलो भूमिका खेलिरहेको छ । तपाईँहरूले अमेरिकामा फेस्टिभल आयोजना गरेर नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण जुन योगदान पुर्याइ रहनु भएको छ त्यसको लागि धेरै अनुग्रहित छौँ’, उनले उनले भने, ‘म यहाँहरू बधाई र धन्यवाद भन्न चाहन्छु । तपाईँहरूले फेस्टिभल आयोजना गरेर नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण जुन योगदान पुर्याई रहनु भएको छ, त्यसको लागि म धेरै अनुग्रहित छौँ । म फेस्टिभलमा सहभागी दर्शकहरूलाई पनि धन्यवाद दिन चाहन्छौं । तपाईँहरूले फेस्टिभललाई जसरी माया गरिरहनु भएको छ यसले नेपालीप्रति हेर्ने दृष्टिकोणमा रूपान्तरण गर्न सहयोग पुगिरहेको छ ।’
उनले महोत्सवले नयाँ चलचित्र निर्देशक, निर्माता र कलाकारहरूलाई पनि विकास गरिरहेको उनले बताए । ‘यस वर्ष फेस्टिभलमा युवा चलचित्रकर्मीहरुको उपस्थिति बढेको देखेको छु । यसले पक्कै पनि फेस्टिभलको विकास हुँदै गएको देखाउँछ । भविष्यमा हाम्रो कथा, डायस्पोरामा रहेका नेपालीहरूको कथाहरू सर्वव्यापी हुन फेस्टिभलले ठुलो अर्थ राख्छ भन्ने मैले बुझेको छु’, उनले भने ।
अभिनेता राईले आफ्नो अघिल्लो चलचित्र ‘सेतो सूर्य’देखि नै महोत्सवमा निरन्तरता पाएको बताए । उनले आफू सकेसम्म नियमितरुपमा फेस्टिभलमा सहभागी हुने जनाए ।
आयोजक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले महोत्सव सातौँ संस्करण उत्साहजनक रूपमा सम्पन्न भएको बताए ।
विजेताको सूची :
वेस्ट स्टुडेन्ट फिल्म : अवशेष (रेमन्यान्ट्स)
जुरी अवार्ड : मम्
इम्पावर्डमेन्ट अवार्ड : वखरी, पाकिस्तान
डीएमभी क्लोजअप :मेरा दादु (माई ग्रान्डपा)
डकुमेन्ट्री : अडिएन्स च्वाइस– नो मोनास्ट्री नो भिलेज
उत्कृष्ट फिचर डकुमेन्ट्री : नो विन्टर होलिडेज
सर्ट फिल्म : वेस्ट सर्ट न्यारेटिभ : सनई
वेस्ट सट् इन्टरनेसनल : न्यान्गा
नेपाली पानोरमा : धे ड्रीम्स
इन्टरनेश्नल फिचर तर्फ वेस्ट : न्यारेटिभ इन्टरनेसनल : प्रभिन (इरान)