बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मङ्गलबार, ११ असार २०८१, ०७ : ४५

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक माथि छलफल हुने कार्यसूची रहेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न बनेको विधेयक (विनियोजन विधेयक) गत असार ७ गते प्रदेशसभा बैठकमा पेस गरेको थियो । उक्त विधेयक माथि प्रदेश सांसदहरूले मन्त्रालयगत रूपमा छलफल गर्ने बैठकको कार्यसूची तय भएको हो । बैठकमा सांसदहरूले मन्त्रालयगत बजेट कार्यक्रममा खर्च कटौतीको प्रस्ताव समेत राख्नेछन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ करोड ५४ लाख रुपैयाँको बजेट ल्याएको छ । गत असार १ गते संसदमा प्रस्तुत भएको उक्त बजेटमाथि असार ७ गतेबाट छलफल प्रारम्भ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले लगाएको १०४ प्रतिशतको ट्यारिफबारे के भन्छ चीनको सरकारी मिडिया ?
-
अर्घाखाँचीमा आजदेखि दुई दिने पाणिनी तपोभूमि सम्मेलन हुँदै
-
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला
-
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
-
बुधबार सुनको मूल्य बढ्यो
-
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक