कपिलवस्तुका १० मध्ये २ पालिकाले ल्याएनन् बजेट

बुटवल । कपिलवस्तुका १० स्थानीय तहमध्ये ८ पालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । जिल्लाको शुद्धोदन र मायादेवी गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि बजेट निर्धारित समयमा ल्याउन सकेको छैनन् ।
असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । जस अनुसार कपिलवस्तुका कपिलवस्तु बुद्धभुमि, बाणगंगा, शिवराज, महराजगंज र कृष्णनगर नगरपालिकाले सोमबार बजेट ल्याएका छन् । यस्तै बिजयनगर गाउँपालिकाले पनि वार्षिक नीति र कार्यक्रमसहित बजेट ल्याएको छ ।
यसअघि कपिलवस्तु नगरपालिकाले ९६ करोड १८ लाख ८३ हजारको बजेट ल्याएको थियो । बुद्धभुमि नगरपालिकाको बजेट १ अर्ब २० करोड ३२ लाख ९६ हजार रहेको छ । महाराजगन्ज नगरपालिकाको बजेट १ अर्ब ३ करोड ४९ लाख रहेको छ ।
यस्तै बाणगंगा नगरपालिकाको बजेट १ अर्ब ६२ करोड ४६ लाख ८६ हजार रहेको छ भने शिवराज नगरपालिकाले १ अर्ब २४ करोड ७९ लाख ५६ हजारको बजेट ल्याएको छ । कृष्णनगर नगरपालिकाले बजेट ७१ करोड ४० लाख ३६ हजारको बजेट ल्याएको छ । यस्तै बिजयनगर गाउँपालिकाको ६४ करोड २५ लाख ५० हजार बजेट ल्याएको छ । जिल्लाका अधिकांश स्थानीय तह शिक्षा र स्वास्थ्यमा केन्द्रित भएर बजेट ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम