तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धी विधेयक संघीय संसदमा पेस

काठमाडौँ । तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसदमा पेस भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सोमबार राष्ट्रिय सभामा विधेयक पेस गरेकी हुन् ।
सदनमा विधेयक पेस गरेपछि मन्त्री श्रेष्ठले यो विश्वविद्यालयको आफ्नै उत्पादन केन्द्र हुने र यस क्षेत्रमा संसारकै विशिष्ट व्यक्तिहरूको योगदान रहने बताइन् । ‘सरकारलाई आर्थिक भार नपर्ने, आफ्नै उत्पादन केन्द्र रहने गरी स्थापना हुन लागेको तिलगङ्गा नेत्र विश्वविद्यालय साँच्चै विदेशी विद्यार्थीको लागि समेत उत्कृष्ट गन्तव्य हुनेछ’, मन्त्री श्रेष्ठले भनिन् ।
विश्वविद्यालयको सञ्चालन यसको संरक्षक परिषद्ले गर्नेछ । डा. सन्दुक रुइतलगायत संलग्न रहेको ‘नेपाल आँखा कार्यक्रम’ र ‘अन्धोपन निवारण समाज, मकवानपुर’ संस्थाको सम्पत्ति तथा भौतिक संरचना यस विश्वविद्यालयको हुनेछ । यी दुई संस्थाको ३१ जिल्लामा रहेको सम्पत्ति तथा जायजेथा तिलगङ्गा नेत्र विश्वविद्यालयको हुनेछ । यस विश्वविद्यालयको कुनै पनि नियमित आर्थिक दायित्व नेपाल सरकारलाई पर्ने छैन ।
नेपाल आँखा कार्यक्रम नेपालमा अन्धोपन नियन्त्रणको लागि वि.सं. २०४९ देखि नै मुनाफारहित तथा समुदायमा आधारित गैरसरकारी संस्थाको रूपमा काम गर्दै आएको छ । यस संस्थाबाट काठमाडौँको तिलगङ्गासहित नेपालका २० जिल्लाका विभिन्न स्थानमा आँखा उपचारको कार्यक्रम सञ्चालन गरी उत्कृष्ट उपचार प्रदान गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा