आगामी आर्थिक वर्षमा ४५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : मन्त्री बस्नेत
सोमबार, १० असार २०८१, १९ : ०६

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत् उत्पादन ४५ सय मेगावाट पुर्याउने लक्ष्य राखिएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले सरकारले आगामी आर्थिक वर्षमा कुल विद्युत् उत्पादन ४५ सय मेगावाट पुर्याउने लक्ष्य राखेको बताएका हुन् । उनले आगामी १२ वर्षमा कुल विद्युत् उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य राखिएको पनि जानकारी दिए । उनले निजी क्षेत्रलाई विद्युत् व्यापारमा संलग्न गराउन सरकारले कानुनी व्यवस्था गरेको पनि बताए । उनले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागितालाई अझै वृद्धि गरिने बताए ।
मन्त्री बस्नेतले सोलार लगायत वायु ऊर्जामा पनि काम गरिराखेको बताए । उनले ८०० मेगावाट सोलार उत्पादनका लागि पिपिएको काम गर्न लागिएको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
-
एनआरएनएको ‘विवादास्पद’ कार्यक्रममा माओवादी सांसद सापकोटा थाइल्यान्ड र कम्बोडिया जाने
-
हाई कोर्टले दियो कैलाश खेरलाई राहत
-
जो अन्तिम समयमा अभागी बने, जो उपाधि यात्रामा कायमै छन्
-
क्यान टुक्र्याउने विधेयकहरू फिर्ता लिन माग गर्दै आधिकारिक ट्रेड युनियनको अल्टिमेटम
-
कुर्स्क क्षेत्रको भ्रमणमा गए भ्लादिमिर पुटिन