ऊर्जामन्त्री बस्नेतसमक्ष विद्युत् नियमन आयोगका अध्यक्षको शपथ

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार आयोजित विशेष समारोहमा मन्त्री बस्नेतले डा धिताललाई नियमन आयोगका अध्यक्ष धिताललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
अध्यक्ष धितालको शपथ लगत्तै अध्यक्ष धितालले आयोगका सदस्य डा मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ गराए । डा. धिताल आयोगको सदस्यको भूमिका यसअघि नै निर्वाह गरिसक्नु भएको छ । उनी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक समेत थिए ।
यही असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरूमा डा अधिकारी र शर्मालाई नियुक्त गरेको थियो । सो अवसरमा ऊर्जामन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आयोगको भूमिका महत्त्वपूर्ण हुने भएकाले कानुन प्रदत्त भूमिका निर्वाह गर्न आग्रह गरे ।