बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय
अदालत

रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर

सोमबार, १० असार २०८१, १८ : ३५
सोमबार, १० असार २०८१

काठमाडौँ । सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो । 

उनको हकमा सजाय भने पछि निर्धारण गरिनेछ ।  बम्जनले सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, जबरजस्ती करणी गर्ने, व्यक्ति बेपत्ता पर्ने कार्य गरेको आरोप लागेको थियो । उक्त आरोपमा विभिन्न जिल्लामा जाहेरी समेत परेको थियो । 

प्रहरीले खोजी गर्न थालेपछि उनी लामो समय बेपत्ता रहेका थिए । उनलाई २०८० परुष २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो ।

उनलाई सुरुमा सर्लाही जिल्ला अदालतमा पेस गरिएको थियो । सर्लाही जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सर्लाहीको मुद्दाको फैसला भएसँगै उनलाई सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुर जिल्ला अदालत पेस गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप