बोइङमाथि फौजदारी मुद्दा हाल्न सिफारिस
वाशिङ्टन डीसी । अमेरिकी यात्रुवाहक विमान निर्माता कम्पनी बोइङमाथि फौजदारी मुद्दा हाल्न सिफारिस गरिएको छ । अमेरिकाका सरकारी वकिलहरूले त्यहाँको न्याय मन्त्रालयलाई कम्पनीमाथि फौजदारी मुद्दा हाल्न सुझाव दिएका हुन् ।
बोइङको ७३७ म्याक्स विमानमा ३४६ जनाको ज्यान जाने गरी भएको दुई ओटा दुर्घटनापछि कम्पनीले गरेको ‘सेटलमेन्ट’ उल्लंघन गरेको मामिलामा यो दाबी आएको हो । बीबीसीले यस विषयमा सोधपुछ गर्दा कम्पनीले कुनै प्रतिक्रिया दिन नमानेको बताइएको छ ।
यसअघि भने कम्पनीले सेटलमेन्ट उल्लंघन गरेको आरोप अस्वीकार गरेको थियो । कम्पनीमाथि मुद्दा हाल्ने कि नहाल्ने भन्ने विषयमा अन्तिम निर्णय गर्न न्याय मन्त्रालयसँग जुलाई ७ सम्मको समय छ । कम्पनीमाथि मुद्दा हाल्ने विषयमा यो सिफारिस अन्तिम निर्णायक भने होइन । कम्पनीले आपराधिक गतिविधि गरेको विवरण प्राप्त नभएको भन्दै केही अमेरिकी सञ्चार माध्यमले समाचार छापेका छन् ।
यो निकै संवेदनशील निर्णय हुने उड्ययन सुरक्षाका लागि संस्थाका कार्यकारी निर्देश र बोइङमा पूर्ववरिष्ठ व्यवस्थापक समेत रहेका एड पियर्सन बताउँछन् । बोइङको ७३७ म्याक्स, ७८७ समस्याग्रस्त छन् । सन् २०१८ को अक्टोबर र सन् २०१९ को मार्चमा मा ६ महिनाको अन्तरमा बोइङको दुई ओटा ७३७ म्याक्स विमान दुर्घटना भएका थिए ।
सो दुर्घटनाका मृतकका परिवारले गएको हप्ता मात्रै अभियोजनकर्ताहरूसँग २५ अर्ब डलर क्षतिपूर्ति तिराउन र कम्पनीमाथि फौजदारी मुद्दा हाल्न अनुरोध गरेका थिए । सन् २०२१ मा कम्पनीले मृतकका परिवारलाई साढे २ अर्ब डलरको सेटलमेन्ट भुक्तानी गर्न र कम्पनीले सम्झौता पालन गरेमा तीन वर्षपछि कम्पनीमाथिको फौजदारी अभियोग फिर्ता गर्न अभियोजनकर्ताहरू सहमत भएका थिए ।
तर गएको महिना अमेरिकाको न्याय मन्त्रालयले बोइङले सो सहमतिको पालना गर्न नसकेको बताएको थियो । बाहिरिँदै गरेका बोइङ्का प्रमुख कार्यकारी अधिकृतलाई गएको हप्ता सिनेटमा र्याखर्याख्ति पारिएको थियो । उनले सिनेटमा ७३७ म्याक्स दुर्घटनामा मृत्यु भएका यात्रीका परिवारसँग माफी मागेपछि सिनेटरहरुले कम्पनीको संस्कृतिबारे प्रश्न उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ महिनामा सहकारी विभागले गर्यो १ हजार ५९३ वटा उजुरी फर्स्योट
-
अनिता कोइरालाको ‘उज्यालो औँसी’माथि चकटी बहस
-
रविविरुद्ध मुद्दा दायर हुँदै, मिसिल र प्रमाणहरू अदालतमा पेस
-
संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा
-
विंगर साकाको चोटले प्रशिक्षक आर्टेटालाई थप्यो चिन्ता
-
बालुवाटार बोलाएर प्रधानमन्त्रीले गरे जनकपुर बोल्ट्सलाई सम्मान