सार्कको आक्रमणमा परेर ‘पाइरेट्स अफ द क्यारेबियन’ का अभिनेताको निधन
सोमबार, १० असार २०८१, १७ : २३
![सार्कको आक्रमणमा परेर ‘पाइरेट्स अफ द क्यारेबियन’ का अभिनेताको निधन](https://npcdn.ratopati.com/media/news/9f9ff0b0-3201-11ef-8b63-6193f1de3bb7.jpg_Dkzlm23Xsi.webp)
हवाई । हवाईमा सर्फिङ गरिरहँदा सार्कको आक्रमणमा परी पाइरेट्स अफ द क्यारेबियन चलचित्रका अभिनेता टामायो पेरीको निधन भएको छ । ४९ वर्षीय अभिनेताको आइतबार अपराह्न निधन भएको होनोलुलुको आपत्कालीन सेवाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
स्थानीय समयअनुसार दिउँसो १ बजे आपत्कालीन सेवालाई मलेखाना तटमा बोलाइएको थियो । तर, लाइफगार्ड समेत रहेका अभिनेतालाई उद्धार गरेर तटमा ल्याउने बित्तिकै मृत घोषणा गरिएको थियो ।
पाइरेट्स अफ द क्यारेबियन ः अन स्ट्रेन्जर टाइड्समा पेरीले अभिनय गरेका थिए । सन् २०११ मा रिलिज भएको चलचित्रमा जोनी डेप, पेनेलोप क्रुज र जेफ्री रस मुख्य भूमिकामा थिए ।
उनले यसबाहेक लस्ट, हावाई फाइभ–जिरो, ब्लू क्रस, चार्लिज एन्जल्स २ लगायत चलचित्रमा अभिनय गरेका थिए । ओहाउमा जन्मिएका पेरी व्यावसायिक रूपमा सर्फिङ गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह