राम मन्दिर बनाउन नेपालबाट अयोध्या लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताएका छन् ।
सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यसअघिको कांग्रेस सम्मिलित नेकपा (माओवादी केन्द्र) को सरकारले भारतको अयोध्यामा रामको मन्दिर बनाउन शालिग्राम पठाएको भन्दै शालिग्रामबाट नै हिरा बन्ने भएकाले भारतले सो सम्पत्ति फिर्ता गर्नुपर्ने बताएका हुन् । उनले हिरा बन्ने २४ टन नेपाली सम्पत्ति सित्तैमा भारतलाई बुझाउने काम भएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘गएको सरकार, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) अन्य कतिपय राजनीतिक पार्टीहरू मिलेर बनेको सरकारको पालामा भारतको अयोध्यामा रामको मन्दिर बनाउन उनीहरूले नेपालमा शालिग्राम मागे रे । नेपाल सरकारले धूमधामसित त्यो शालिग्राम उठाएर गाडीमा राखेर अयोध्या लगिदिए । त्यसबाट रामको मन्दिर त बनेन । मलाई त्योसँग मतलब छैन । त्यो शालिग्राम के हो ? मैले शालिग्रामबाट नै हिरा बन्छ भनेँ । वैज्ञानिकसँग सम्पर्क गरेँ, मैले बुझेँ । हिरा बन्ने २४ टन नेपाली सम्पत्ति सित्तै भारतलाई बुझाउने काम भयो । त्यो नेपालले फिर्ता पाउनुपर्छ । त्यो हाम्रो सम्पत्ति हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा तालिबानविरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु
-
कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु
-
गीत सुनेर के पाउँछस् ?
-
महिला जनप्रतिनिधि क्षमता अभिवृद्धि गर्ने जरुरी छः मुख्यमन्त्री आचार्य
-
तीनकुनेमा भएको घटनाको सबै जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस
-
त्रिवि केन्द्रीय क्याम्पसमा तोकियो स्ववियु निर्वाचनको मिति