दक्षिण कोरियामा ब्याट्री कारखानामा विस्फोट, १६ जनाको मृत्यु

सोल । दक्षिण कोरियामा ब्याट्री बनाउने कारखानामा कयौँ लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको बताइएको छ । घटना सोमबार बिहानको हो । दक्षिण कोरियाको राजधानी सोलबाट ४५ किलोमिटर टाढा रहेको ह्वासेङ सहरको एउटा कारखानामा आगलागी भएको सञ्चारमाध्यामहरुले बताएका छन् ।
अग्नि नियन्त्रकहरूले आगो निभाउन सक्दो प्रयास गरिरहँदा पनि कारखानामा स–साना विस्फोट भइरहेको स्थानीय टेलिभिजन फुटेजमा देखिएको थियो । सो क्रममा कारखानाको छानाको एक भाग भत्किएको थियो । दक्षिण कोरिया लिथियम ब्याट्रीको ठुलो आपूर्तिकर्ता हो । यहाँ बनाइएका ब्याट्रीहरू विद्युतीय सवारी साधनदेखि ल्यापटपसम्म कयौँ उपकरणमा प्रयोग गरिन्छ ।
यस घटनामा हालसम्म १६ जनाको मृत्यु भएको र सात जना घाइते भएको ह्वासेङको मेडिकल अथोरिटीका एक अधिकारीले बताएका छन् । सो कारखानाको दोस्रो तल्लामा अन्यत्र पठाउन प्याक गरेर करिब ३५ हजार ब्याट्री राखिएको थियो । ब्याट्रीमा आगो कसरी लाग्यो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । घटनाको समयमा कारखानामा करिब एकसय कर्मचारी काम गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म