बागमती प्रदेशमा सबैभन्दा धेरै डेंगु सङ्क्रमित
सोमबार, १० असार २०८१, १६ : २२

काठमाडौँ । बागमती प्रदेशमा सबैभन्दा धेरै डेंगु सङ्क्रमित देखिएका छन् । देशभर ७७ जिल्लामध्ये ७२ जिल्लामा डेंगु फैलिएकामा सबैभन्दा बढी बागमती प्रदेशमा सङ्क्रमित पुष्टि भएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२४ को जनवरीदेखि जुन २३ सम्मको अवधिमा देशभर १२ सय ६८ जनामा डेंगु देखिएकामा बागमती प्रदेशमा मात्रै ४४२ जना सङ्क्रमित छन् ।
ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार कोशी प्रदेशमा २९० जनामा डेंगु पुष्टि भएको छ । यस्तै, मधेस प्रदेशमा ३४ जना, गण्डकी प्रदेशका १९० जना, लुम्बिनीमा १५१ जना र कर्णाली प्रदेशमा १९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिममा १४२ जनामा डेंगु पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य
-
चैत १५ को घटनापछि एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने
-
रोनाल्डो र फिगोजस्ता चर्चित फुटबलर तयार पार्ने प्रशिक्षक अरेलियो परेराको निधन
-
सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ