कुनै जात, धर्म र सम्प्रदाय केन्द्रित गरेर बजेट विनियोजन गरिएको छैन : मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आफ्नो मन्त्रालयले कुनै जात, धर्म र सम्प्रदाय विशेष बजेट विनियोजन नगरेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री तामाङले आफूले बजेट विनियोजन गर्दा धर्म निरपेक्ष मुलुक हो भन्ने कुरामा सचेत रहेर गरेको बताए । उनले कुनैपनि जात, धर्म र सम्प्रदाय केन्द्रित हुनेगरी बजेट विनियोजन नभएको बताए ।
मन्त्री तामाङले योजना माग गरेर आएको निवेदनहरु मध्येबाट सबैलाई समेटेर सन्तुलित बनाउने गरी बजेट विनियोजन भएको बताए । उनले २०७२ सालको भूकम्पले क्षति पुर्याएका २१५ वटा गुम्बाहरू सरकारको निकायमा सूचीकृत भएको र ती गुम्बाहरू बनाउनु सरकारको दायित्व भएकाले आफूले केही गुम्बाहरूलाई बनाउनका लागि बजेट विनियोजन गरेको बताए ।
उनले भने, ‘मैले प्राप्त भएको निवेदन धेरै त समेट्न सकिएन होला तर सकभर हामीले धर्म निरपेक्ष मुलुकको सरकार भएको नाताले र त्यसको पक्षपाती पनि भएको नाताले हामीले अधिकतम त्यसलाई सन्तुलित बनाउनुपर्छ । जुन जात विशेष, धर्म विशेष, कुनै सम्प्रदाय विशेषमा केन्द्रित हुने खालको कार्यक्रम गर्नुहुँदैन भन्ने कुरामा म सचेत थिएँ । त्यही हिसाबले पनि त्यसलाई सन्तुलन मिलाउने गरी राखिएको छ । माग भएर आएको मध्ये केही मस्जिदहरू पनि सम्बोधन भएको छ ।’
मन्त्री तामाङले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूको सेवा बिस्तार गरी उडान सङ्ख्या वृद्धि गर्न अध्ययन भइरहेको बताए । उनले हवाई भाडालाई समसामयिक परिमार्जन गर्न तथा हवाई भाडामा समानता र एकरुपता कायम गर्नका लागि पनि अध्ययन भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल थापाले बोलाए पदाधिकारी बैठक
-
मिलन नेवारलाई भारतमा 'स्वर कोकिला लता मंगेशकर सम्मान'
-
‘जरिबाना राजसंस्था र राप्रपाप्रति बालेनको वक्रदृष्टि हो, हामी एक लाख तिर्दैनौँ’
-
च्याम्पियन्स ट्रफी जितेपछि भारतीय कप्तान शर्माले भने– यस्ता भ्रम नफैलाइयोस्
-
सूचना प्रविधि पढेका रोशन : १ अर्ब ८७ करोडको क्रिप्टो कारोबार तर, गोजी रित्तै
-
‘म भीरबाट खसेँ, छिटो आउनु’ : फोनमा बोल्दा–बोल्दै उनको प्राण गयो