प्रधानसेनापतिद्वारा ६१ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
सोमबार, १० असार २०८१, १६ : ०६

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले ६१ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सोमबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ समूह), हवाई सेवा तथा विविध सेवामा रिक्त रहेका अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उपसेनानी ५ जना, लेखा उपसेनानी ६ जना र प्राविधिक उपसेनानी ५० जना गरी ६१ जना अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
कार्यक्रममा प्रधान सेनापतिले नव नियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ