बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

११ महिनामा ४३ अर्ब भन्दा बढीको खाद्यान्न आयात, कुन महिनामा कति ?

सोमबार, १० असार २०८१, १३ : ५६
सोमबार, १० असार २०८१

काठमाडौँ । नेपालमा ११ महिनामा ४३ अर्ब भन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ११ महिनामा ४३ अर्ब ८० करोड रुपैयाँ बराबरको ९ लाख मेट्रिक टन खाद्यान्न आयात भएको हो । 

विभागका अनुसार सो समयावधिमा धान, मकै, गहुँ लगायत विभिन्न खाद्यान्न आयात गरिएको हो । यी खाद्यवस्तु भारत, चीन, मेक्सिको, जर्मनी लगायतका मुलुकबाट आयात गरिएको हो । सोबाट सरकारले २ अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

कुन महिनामा कति खाद्यान्न आयात ?

नेपालले चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो साउन महिनामा १ लाख मेट्रिक टन खाद्यान्न आयात गरेको छ । सो खाद्यान्न आयात गर्दा ६ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ । सो महिनामा ४५ करोड रुपैयाँको राजस्व सङ्कलन भएको छ ।

भदौमा २ लाख मेट्रिक टन खाद्यान्न आयात भएको छ । सो महिनामा ९ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको छ । भदौ महिनामा सरकारले ६० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

यस्तै, असोजमा २ लाख ६२ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । त्यसका लागि नेपालले ११ अर्ब रुपैयाँ खर्च गरेको छ भने ७५ करोड रुपैयाँ राजस्व उठेको छ । 

त्यस्तै कार्तिकमा २ लाख ८८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । त्यसका लागि १३ अर्ब १६ करोड रुपैयाँ बाहिरिएको छ । यो महिना ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

मङ्सिरमा ३ लाख ८७ मेट्रिक टन खाद्यान्न आयात भएको छ भने १७ अर्ब ९३ करोड रुपैयाँ बाहिरिएको छ । यो महिनासम्म सरकारले १ अर्ब १७ करोड रुपैयाँको राजस्व सङ्कलन गरेको तथ्याङ्क छ । 

विभागका अनुसार ६ महिनामा ४ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ भने २२ अर्ब २२ करोड रुपैयाँको बाहिरिएको छ । पुसमा १ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

चालु आर्थिक वर्षको ७ महिना (माघमा) ६ लाख ११ हजार मेट्रिक टन खाद्यान्न आयात भएको  र २८ अर्ब  २१ करोड रुपैयाँ बाहिरिएको छ । उक्त महिनामा सरकारले १ अर्ब ७९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

विभागका अनुसार फागुनमा ६ लाख ९७ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ भने ३२ अर्ब रुपैयाँ बाहिरिएको छ । आठ महिनामा सरकारले २ अर्ब राजस्व सङ्कलन गरेको छ । 

त्यसैगरी चैतमा ७ लाख ८९ हजार मेट्रिक टन र वैशाखमा ८ लाख ४९ हजार मेट्रिक टन खाद्यान्न आयत भएको छ । चैतमा  ३७ अर्ब र वैशाखमा ४० अर्ब रुपैयाँ बाहिरिएको छ । 

विभागका अनुसार चैतमा २ अर्ब ३३ हजार र वैशाखमा २ अर्ब ५३ करोड राजस्व सङ्कलन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप