फ्लप फिल्मले बोकाएको ऋण तिर्न निर्देशक वासु भगनानीले बेचे ७ तले घर

नयाँ दिल्ली । बलिउडका चर्चित निर्माता वासु भगनानी ऋणमा चुर्लुम्म डुबेका छन् । एक पछि अर्को फिल्म फ्लप हुँदै गएपछि साढे २ अर्ब भारु भन्दा बढीको ऋण तिर्न भगनानीले आफ्नो कम्पनी पूजा इन्टरटेनमेन्ट प्रडक्शन हाउसको अफिस रहेको ७ तले घर बेचेका छन् । भगनानीले २ वर्षदेखि कर्मचारीहरूलाई तलब नदिएको हल्ला चलिरहेकै समयमा यो खबर आएको हो ।
उनले एक बिल्डरलाई अफिस रहेको घर बेचेको बताइएको छ । कम्पनीमा कार्यरत् ८० प्रतिशत कर्मचारीलाई निकालेर उनले अफिसलाई जुहूमा २ बेडरुमको फ्ल्याटमा सारेका छन् । कर्मचारीलाई निकाल्ने काम जनवरीदेखि नै शुरु भएको बताइएको छ । पूजा प्रडक्शन हाउसले अभिनेता टाइगर श्राफसँग एउटा फिल्म पनि बनाउँदै थियो । तर पैसाको अभावमा सो फिल्म बन्द भएको बताइएको छ ।
भगनानीको कम्पनीले बनाएको अक्षय कुमार र टाइगर श्राफको मुख्य अभिनय रहेको फिल्म बडे मिया छोटे मिया नराम्ररी फ्लप भयो । यो फिल्म साढे ३ अर्ब भारु बजेटमा बनाइएको थियो । तर फिल्मले ६० करोड भारु मात्रै कलेक्शन गर्यो । यो फिल्म फ्लप भएपछि कम्पनीलाई निकै घाटा भएको र भगनानीसामु अफिस भवन बेच्ने बाहेकको विकल्प नभएको बताइएको छ । यस अघि भगनानीको प्रडक्शन हाउसले बनाएको बेल बटम, मिशन रानीगञ्ज, गणपत जस्ता फिल्म पनि फ्लप भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बानेश्वर बहुमुखी क्याम्पस : अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिको उम्मेदवारमा अधिकारी
-
निटफेस्ट तेस्रो संस्करणमा १२ देशका १७ नाटक
-
दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी पूरा, 'प्रधानमन्त्रीसँग युवाहरू–प्रत्यक्ष संवाद' हुने
-
आरआरको स्ववियु सभापतिका उम्मेदवार समिर शाहीले उम्मेदवारी फिर्ता लिए, क्रान्तिकारीलाई राहत
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’