हतियारसहित तीन जना पक्राउ
काठमाडौँ । उदयपुर, ताप्लेजुङ र सर्लाही जिल्लाबाट नेपाल प्रहरीले हतियारसहित ३ जनालाई पक्राउ गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-१२ बाट चाइनिज पेस्तोल जस्तो देखिने वस्तु १ थानसहित सोही नगरपालिका-३ भुल्के बस्ने २० वर्षीय जुलेस रायमाझीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।
यसैगरी ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका-४ डुम्रिसे बस्ने ४३ वर्षीय नरेश फुयाङ लिम्बुलाई भरुवा बन्दुक १ थान, सोही बन्दुकमा प्रयोग हुने बारूद, सिसाको टुक्रा र दाउ १ थानसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो ।
यता सर्लाहीको लालबन्दी नगरपालिका-१५ बोरे डाडा बस्ने ५० वर्षीय रामलाल मोक्तानलाई मेड इन युएसए लेखिएको रिभल्वर १ थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मोक्तानको घर तलासी गर्दा उक्त रिभल्वर फेला पारी उनलाई पक्राउ गरेको हो ।
यता डडेल्धुराको अजयमेरू गाउँपालिका-४ देवली वनबाट एकनाले भरुवा बन्दुक १ थान आइतबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक