मेलम्चीमा आएको बाढीबारे सांसद सापकोटाद्वारा सरकारको ध्यानाकर्षण
सोमबार, १० असार २०८१, १३ : २३

काठमाडौँ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकमा भारी वर्षा हुँदा मेलम्ची खोलामा ठुलो बाढी आउँदा अस्थायी पुल बगाएको बताए ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले यसबाट मेलम्ची नगरपालिका, पाँचपोखरी गाउँपालिका र हेलम्बु गाउँपालिकाका २–२ वटा वडाको आवतजावत प्रभावित भएको बताएका हुन् । ‘हिउँद लागेपछि अस्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गरेर हाम्रो पूर्व तयारीलाई व्यवस्थित तुल्याइयोस्,’ उनले भने ।
सरकारले स्थानीय तहलाई दिनुपर्ने ९३ प्रतिशत वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने निर्णय गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको प्रदर्शन : तीनकुनेको कमजोरी सुधार्दै प्रहरी, आवश्यक परे सिलसिलेवार बल प्रयोग गर्ने रणनीति
-
बालेन शाहद्वारा तीनकुने घटनाका पीडित परिवारलाई भेट, निष्पक्ष छानबिनको माग
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव