टेस्लाले निकाल्यो १४ प्रतिशत कर्मचारी
![टेस्लाले निकाल्यो १४ प्रतिशत कर्मचारी](https://npcdn.ratopati.com/media/news/musk_uaJDZ2XAss.jpg)
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाले १४ प्रतिशत कर्मचारीलाई कामबाट निकालेको छ । आफूले हेरेको डकुमेन्टहरूले यस्तो देखाएको भन्दै सीएनबीसीले समाचार छापेको छ ।
सन् २०२३ यता कम्पनीले अस्थायी कर्मचारी समेत गरेर भारी मात्रामा कर्मचारी कटौती गरिरहेको थियो । यो वर्षको अहिलेसम्मको अवधिमा जागिरबाट निकालिएका कर्मचारीको सङ्ख्या १४ प्रतिशतमाथि पुगेको बताइएको छ ।
अहिले विश्वभर कम्पनीका कूल १ लाख २१ हजार कर्मचारी छन् । यो कर्मचारीको सङ्ख्या कम्पनीले तलबसम्बन्धी डेटाबाट लिइएको होइन । टेस्लाको इमेलको ‘सबै जना’ को सूचीमा रहेको मान्छेको सङ्ख्या हो । यो भनेको गएको वर्षको तुलनामा १४ प्रतिशत कम हो ।
जुन १७ मा मस्कले कम्पनीमा कार्यरत सबै जना कर्मचारीलाई एउटा इमेल पठाएका थिए । आगामी केही दिनमा कम्पनीले अभूतपूर्व प्रदर्शन गर्ने कर्मचारीलाई स्टक अप्सन (बेच्न मिल्ने शेयर) दिनका लागि विस्तृत समीक्षा गर्ने इमेलमा भनिएको छ ।
कम्पनीका लागि केही अद्भूत काम गर्नेलाई पनि स्टक अप्सन दिइने बताइएको छ । टेस्लाले यसअघि स्टक अप्सन वितरण बन्द गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा