सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सोमबार, १० असार २०८१, ११ : ००

काठमाडौँ । नेपाल सुनचाँदी व्ययवसायी महासंघले आज सुनको मूल्यमा सामान्य वृद्धि भएको जानकारी दिएको छ । आज सोमबार सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँको वृद्धि आएको महासंघले जनाएको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार र तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य १८ सय १५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमाञ्चक भिडन्तमा गुजरातलाई हराएपछि मुम्बईको सिधै फाइनल पुग्ने सम्भावना बलियो
-
सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिममा
-
भुलभुलैयामा नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक
-
‘क्यानलाई टुक्र्याउँदा नियामक कमजोर हुन्छ, विकृति झनै बढ्छ’
-
न्युजिल्यान्डका सान्टनरको कप्तानीमा आईसीसीको ‘टिम अफ दि टुर्नामेन्ट’
-
रुपन्देहीको तिलोत्तमा नगरपालिका असल अभ्यास अवार्ड सूचीमा