बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

स्ट्राइकर भार्गाको गालाको हड्डी भाँचिएपछि शल्यक्रियाको तयारी

सोमबार, १० असार २०८१, १० : ०३
सोमबार, १० असार २०८१

काठमाडौँ । युरोकप फुटबलको सोमबार बिहान सम्पन्न स्कटल्यान्डविरुद्धको खेलमा गम्भीर घाइते भएका हंगेरीका स्ट्राइकर बर्नाबस भार्गाको स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ । 

२९ वर्षीय स्ट्राइकर भार्गा स्कटल्यान्डका गोलरक्षक एङ्गस गनसँग ठोक्किएर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

भार्गाको गालाको हड्डी भाँचिएको समाचारमा जनाइएको छ । हंगेरीका प्रशिक्षक मार्को रोसीका अनुसार, भार्गाको शल्यक्रिया गर्ने तयारी भइरहेको छ । 

‘भार्गाको स्वास्थ्य अवस्था स्थिर छ । उनको गालाको हड्डी भाँचिएको छ । शल्यक्रियाको तयारी भइरहेको छ,’ प्रशिक्षक मार्को रोसीले भनेका छन् । प्रशिक्षक रोसीले भार्गोको स्वास्थ्य अवस्था खतरामुक्त रहेको पनि बताएका छन् । 

उक्त खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हराएको थियो । खेल जिते पनि हंगेरी समूह ‘ए’ बाट विजेता वा उप–विजेता बनेर प्रतियोगिताको नकआउट चरणमा पुग्न असफल भयो । 

त्यो समूहबाट जर्मनी पहिलो र स्विट्जरल्यान्ड दोस्रो हुँदै अगाडि बढे । तर, तेस्रो हुने उत्कृष्ट चार टोलीभित्र पर्दै नकआउट चरणमा पुग्ने हंगेरीको सम्भावना भने कायमै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप