क्रिमियामा युक्रेनको क्षेप्यास्त्र आक्रमण, बदला लिने रुसको घोषणा
सोमबार, १० असार २०८१, ०७ : २७

क्रिमिया । रुसको कब्जामा रहेको क्रिमियामा युक्रेनको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै १२० जना घाइते भएपछि रुसले बदला लिने बताएको छ । क्राइमियामा रुसले स्थापना गरेको स्थानीय प्रशासनले मृतकमध्ये तीन बालबालिका पनि रहेको जनाएको हो ।
अधिकारीहरूका अनुसार अमेरिकी निर्मित लामो दुरीका एटीएसीएमएस मिसाइलका टुक्राहरू सेभास्टोपोल बन्दरगाहको उत्तरी तटमा खसेकाले हताहत भएको छ। रुसी टिभीमा प्रसारित रिपोर्टहरूमा मानिसहरू समुद्र तटमा दौडिरहेको देखिन्छ।
यस हमलामा कयौँ व्यक्ति गम्भीर घाइते भएका छन् । अमेरिकाले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिएको कारण यो आक्रमणको जिम्मेवार अमेरिका रहेको रुसको रक्षा मन्त्रालयले बताएको छ ।
रुसले चारवटा क्षेप्यास्त्र हावामा खसालेको तर पाँचौँ क्षेप्यास्त्र विस्फोट हुँदा हताहत भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइन रेसुङ्गा राष्ट्रिय टेन के रनमा सन्तोषी र मिङ्मार च्याम्पियन
-
डुबेर दुई बालकको मृत्यु
-
नेपाली राजनीतिमा देउवाको मौनता, ओलीको समृद्धि र प्रचण्डको गणित
-
पोर्चुगलमा नेपाली दूतावास स्थापना
-
विभिन्न स्थानबाट लागु औषधसहित १२ जना पक्राउ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता