विवाह बन्धनमा बाँधिइन् सोनाक्षी
![विवाह बन्धनमा बाँधिइन् सोनाक्षी](https://npcdn.ratopati.com/media/news/b6b1b5fb-8dc4-4a40-a660-0b8bc90f3e83.jpg_VbJtpwx2Ui.webp)
मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । कानुनी विवाह गरेपछि जोडीले भने, ‘अब हामी श्रीमान्–श्रीमती हौँ ।’
सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा विवाह गरेका थिए । सोनाक्षी र जहीरको परिवारले न त हिन्दू, न त मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरूले विवाह दर्ता मात्र गरे ।
विवाह दर्ता गरेपछि उनीहरूले आइतबार राति मुम्बईको वर्लीमा रिसेप्शन आयोजना गरेका छन् जसमा धेरै राजनीतिज्ञ, कलाकार र उद्योगपतिहरूको सहभागिता रहेको थियो ।
सोनाक्षी सिन्हा र जहीर इकबालले सेयर गरेको एक इन्स्टाग्राम पोस्टमा आफ्नो विवाहको जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको, ‘हाम्रो परिवार र भगवानको आशीर्वादले हामीले विवाह गरेका हौँ ।’
विवाह समारोहमा दम्पतीका नजिकका साथीभाइ र परिवारका सदस्य मात्र सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह