बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अन्तिम समयमा गोल गर्दै जर्मनी समूह विजेता

सोमबार, १० असार २०८१, ०६ : ०७
सोमबार, १० असार २०८१

फ्रांकफर्ट । स्विट्जरल्यान्डलाई बराबरीमा रोक्दै आयोजक जर्मनी समूह ‘ए’ को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । निकलास फुलक्रुगले इन्जुरी समयमा गोल गरेपछि जर्मनी र स्विट्जरल्यान्डबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।

सोमबार बिहान भएको खेलमा अग्रता भने स्विट्जरल्यान्डले लिएको थियो । खेलको २८ औँ मिनेटमा डान एनडोयोले स्विस टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए ।

जितसँगै समूहको विजेता बन्ने सपना बोकेको स्विट्जरल्यान्डलाई ९२ औँ मिनेटमा फुलक्रुगले ठुलो झट्का दिए । योसँगै जर्मनीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।  

बराबरीपछि ३ खेलबाट जर्मनीको ७ अङ्क रहेको छ । स्विस टोलीले समान खेलबाट ५ अङ्क रहेको छ । 

यस समूहको अन्य खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हरायो । यो नतिजापछि हंगेरीले प्रतियोगिताको नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ भने स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । हंगेरीको ३ अङ्क छ भने स्कटल्यान्डको १ अङ्क मात्र रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप