बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

१ सयौँ मिनेटमा गोल खाँदै बाहिरियो स्कटल्यान्ड

सोमबार, १० असार २०८१, ०५ : ५९
सोमबार, १० असार २०८१

स्टुटगार्ट । इन्जुरी समयमा गोल खाँदै स्कटल्यान्ड युरो २०२४ बाट बाहिरिएको छ । सोमबार बिहान भएको खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हराएको हो ।

केभिन क्सोबोथले इन्जुरी समयको १ सयौँ मिनेटमा निर्णायक गोल गरे । बराबरी खेले पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको अवस्थामा स्कटल्यान्डलाई काउन्टर अट्याकमा हंगेरीले स्तब्ध बनायो ।

जितपछि हंगेरी समूह ए को तेस्रो स्थानमा रहन सफल भयो । योसँगै टोली उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप