‘अनुसन्धान विभागको प्रहरी हौँ’ भनेर कपनमा सुन पसल लुट्नेहरुविरुद्ध मुद्दा दायर

काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१२ कपनस्थित सोहिल बाह्रबिसे सुनचाँदी पसलमा लुटेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । १३ जेठमा राति ११ बजेतिर ४ जनाले ‘अनुसन्धान विभागबाट आएको सादा पोसाकका प्रहरी हौँ’ भनेर लुटपाट गरेका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भएका हर्के तामाङ भन्ने लोकबहादुर पाख्रिन, ईनकुमार पाख्रिन, लीलबहादुर तामाङ र भाग्यराम पाइनलाई प्रतिवादी बनाएको छ । भाग्यराम बाहेक अरू तिन जना फरार छन् ।
करिब ५ महिना अघि चिनजान भएका हर्के तामाङले राति फोन गरेर २० हजार तत्काल आवश्यक परेको भन्दै सुन पसल सञ्चालक जयविक्रम विकलाई डेरा बाहिर बोलाएर लुटपाट गरेका हुन् । पीडितको डेरा र पसल खेल्न लगाएर कुटपिट गरी ९ लाख ९१ हजार बराबरको धनमाल लुटेपछि आरोपीहरू फरार भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने
-
वीरगञ्जमा उत्पन्न विवाद समाधान
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता