सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन बचत वृद्धि योजना सार्वजनिक
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना आजबाट सार्वजनिक गरेको छ । यस योजना भविष्यको लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै मानवलाई आइपर्ने आर्थिक क्षतिबाट बीमितलाई सुरक्षा प्रदान गरी परिवारको आर्थिक भविष्य पनि सुरक्षित गर्ने कम्पनीको भनाई छ ।
यसअघिको बीमा योजनाहरूमा उमेरको आधारमा बीमाशुल्क फरक हुने गरेकोमा यस नयाँ योजनामा उमेरको कारण बीमाशुल्क फरक नहुने कम्पनीले जनाएको छ । यस योजनामा लोयल्टी रिवार्ड समेत समावेश गरिएको छ । सिटिजन लाइफ इन्स्योरेन्समा भएका उत्कृष्ट योजनाहरू मध्य सिटिजन बचत वृद्धि योजना पनि एक हो । थोरै लगानी गरी धेरै लाभ उठाउन सकिने यस योजनामा सरिक हुनका लागि न्यूनतम उमेर १८ वर्ष पुगेको हुनु पर्ने छ भने अधिकतम उमेर ५५ वर्ष रहेको छ र यस योजनाको म्याचुरिटी ७० वर्ष सम्ममा हुने व्यवस्था रहेको छ ।
यस योजनमा बीमाशुल्क भुक्तानी गरे बापत यस योजनाको शर्त तथा बन्देजको अधीनमा जुन घटना घटेमा भुक्तानी दिने भनिएको हो सो घटना घटेमा बीमाङ्क रकम वा अकाउन्ट भ्यालु बीमितलाई भुक्तानी गरिन्छ । बीमाङ्क रकम भन्नाले बीमालेख अन्तर्गत बीमितको मृत्यु लाभ निर्धारण गर्नका लागि बीमालेखको अनुसूचीमा उल्लेखित बीमाको रकमलाई बुझिन्छ । अकाउन्ट भ्यालु भन्नाले बीमाशुल्कबाट बीमा रक्षावरण शुल्क, प्रशासनिक खर्चहरू र बीमाशुल्कसँग सम्बन्धित खर्चहरू (यदि भएमा) घटाई, लगानी आय र लोयल्टी रिवार्डलाई जोडी आउने सञ्चित रकम भनेर बुझिन्छ ।
यस बीमा योजनामा न्यूनतम वार्षिक बीमाशुल्क रु १२ हजार रहेको छ र न्यूनतम बीमा अवधि १० वर्ष रहेको छ । बीमितले बीमाशुल्क एकल, वार्षिक, अर्धवार्षिक र त्रैमासिक रूपमा बुझाउन पाउने व्यवस्था रहेको कम्पनीले जनएको छ । कम्पनीले थप सुविधाहरू “दुर्घटनाबाट मृत्यु लाभ, स्थायी पूर्ण अशक्तता लाभ, स्थायी आंशिक अशक्तता लाभ” पनि यसै योजना भित्र समावेश गरेको छ । पुराना योजनाहरूमा स्थायी पूर्ण अशक्तता हुँदा मात्र लाभ पाइन्थ्यो भने यस योजनामा स्थायी आंशिक अशक्तता हुँदा पनि लाभ पाइने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए