कुटुम्बको सहकार्यमा संस्कृति स्कुलको ‘स्कुल टु स्कुल’ अभियान
आइतबार, ०९ असार २०८१, २१ : १२

काठमाडौँ । विश्व संगीत दिवसको विशेष दिनमा यो वर्ष संस्कृति विद्यालयमा प्रसिद्ध नेपाली ब्यान्ड कुटुम्बले आफ्नो विशेष प्रस्तुति दिएको छ । उक्त कार्यक्रममा कुटुम्बले आफ्नो प्रस्तुतिमा विभिन्न परम्परागत बाजागाजाहरूले मनोरञ्जन प्रदान गरेको थियो ।
कुटुम्ब ब्यान्डको सहकार्यमा संस्कृति विद्यालयले ‘स्कुल टु स्कुल’ नामक अभियान गरेको छ । यो अभियान जाजरकोटका विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउन समर्पित रहेको विद्यालयले जनाएको ।
यस पहलमा विद्यार्थी, अभिभावक र कर्मचारी सदस्यहरूले विभिन्न स्टेशनरी सामग्रीहरू प्रदान गरेर समर्थन गरेका थिए । विद्यालयले पनि यस योजनाको लागि रु ५०,००० प्रदान गरेर महत्त्वपूर्ण योगदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजागंज’को ट्रेलर : संविधान जारीपछिको मधेस आन्दोलन र अपहरणको कथा
-
जागरण अभियान बहुआयामिक र गुणात्मक भएको माओवादीको निष्कर्ष
-
केपी ओली कपले यातायात अस्तव्यस्त
-
चुडामणि शर्माविरुद्धको मुद्दामा प्रमाण झिकाउन सर्वोच्चको आदेश
-
सकियो 'हरिबहादुरको जुत्ता'को छायांकन, फूलपातीमा रिलिज हुने
-
प्रकृति लम्साललाई न्याय दिलाउने परराष्ट्रमन्त्री आरजुको प्रतिबद्धता