माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कञ्चनपुर बेरौली नगरपालिका-१० घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय केशव राज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ बबरमहलबाट पक्राउ गरेको हो ।
आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट रकम लिई सम्पर्क विहीन भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ बबरमहलबाट पक्राउ गरेको हो ।
उनले पीडितहरुलाई माल्टा लैजाने भनी वर्किङ भिसा देखाई विश्वास दिलाई पीडितहरू कतार पुग्दा त्यहाँको अध्यागमनले नक्कली भिसा भनी जेल समेत पठाई डिपोट गरी नेपाल फर्काएको पनि अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे