जंगली च्याउ खाँदा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–७, दुगुवाङमा जंगली च्याउ खाएर गम्भीर बिरामी परेका एक जनाको मृत्यु भएको हो ।
वडा अध्यक्ष रामबहादुर प्रजाका अनुसार जंगली च्याउ खाएर बिराम भएका दलबहादुर प्रजाको मृत्यु भएको हो । च्याउ खाँदा गम्भीर बिरामी भएका ५५ वर्षीय प्रजाको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको वडा अध्यक्ष प्रजाले बताए ।
आइतबार बिहान ६ बजेको समयमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा प्रजासहित परिवारका ५ जना बिरामी परेका थिए । जंगली च्याउ खाएर बिरामी परेका ५ जनालाई उपचारका लागि चितवन लगिएको थियो ।
उपचारको क्रममा प्रजाको मृत्यु भएको र अन्यको उपचार भइरहेको वडा अध्यक्ष प्रजाले बताए । जंगली च्याउ खाँदा ४५ वर्षीया जालीमाया प्रजा, १५ वर्षीया रेन्जु प्रजा, ८ वर्षीया सविना प्रजा र १० वर्षीय सुसन प्रजा बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही
-
गाजाबाट डोनाल्ड ट्रम्पलाई पत्र
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै
-
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?