काठमाडौँमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ: खानेपानी मन्त्री राई

काठमाडौँ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी केही समयपछि बन्द हुने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले सो खानेपानीको विकल्प पनि सरकारले सोचिसकेको बताएका हुन् ।
मन्त्री राईले बाढीको मात्रा बढ्ने बित्तिकै मेलम्चीको पानी काठमाडौँ ल्याउने कुरा सम्भव नहुने अवस्था रहेको तथ्य पनि स्मरण गराए । मन्त्री राईले भने, ‘मेलम्ची खानेपानीको सुरुङ बन्द गर्ने हल्ला छ । त्यो चाहिँ बाढीको कारणले गर्दा खेरी हिलो आउने, अनि भत्किने कारणबाट अहिले ठुलो बाढी नआएकाले यसलाई बन्द गरिएको छैन । केही समयपछि बन्द हुने कुरा पनि छ । त्यसपछि त्यहाँको पानीको समस्या समाधान गर्नका लागि हामीले अन्य विकल्पहरू पनि सोचिएको कुरा म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु ।’
मन्त्री राईले मेलम्चीको लार्के र याङ्ग्री खोलाबाट पनि पानी ल्याउने तयारी सुरु गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड