विश्वकपको सबैभन्दा ठुलो स्कोर श्रीलंकाको नाममा

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको इतिहासमा सबैभन्दा ठुलो स्कोर बनाउने राष्ट्र श्रीलंका हो । टी–२० विश्वकपको सन् २००७ मा सम्पन्न पहिलो संस्करणमै श्रीलंकाले यो कीर्तिमान आफ्नो नाममा पारेको थियो । त्यो कीर्तिमान अहिलेसम्म पनि कसैले तोड्न सकेको छैन ।
त्यो विश्वकपमा श्रीलंका समूह ‘सी’ मा परेको थियो । समूहगत चरणको केन्याविरुद्धको खेलमा श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६० रन बनाएको थियो । टी–२० विश्वकपको इतिहासमा हालसम्म बनेको सबैभन्दा ठुलो स्कोर यही हो ।
त्यो खेलमा श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान सनथ जयसूर्याले ४४ बलमा चार छक्का र ११ चौकाको मद्दतले ८८ रन बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका माहेला जयाबद्र्धनेले पनि २७ बलमा दुई छक्का र नौ चौकाको मद्दतले ६५ रन बनाएका थिए । त्यो खेलमा श्रीलंका एक सय ७२ रनले विजयी भएको थियो ।
टी–२० विश्वकपको इतिहासमा दोस्रो ठुलो स्कोर बनाउने राष्ट्र भने इङ्ल्यान्ड हो । सन् २०१६ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध इङ्ल्यान्डले आठ विकेट गुमाएर दुई सय ३० रन बनाएको थियो । त्यो खेलमा इङ्ल्यान्ड दुई विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा