ट्रिप एडवाइजरको बेष्ट नेचर डेस्टिनेसनको शीर्ष स्थानमा काठमाडौँ
आइतबार, ०९ असार २०८१, १८ : २५

काठमाडौँ । अमेरिकी अनलाइन ट्राभल एजेन्सी ट्रिपएडवाइजरले काठमाडौँलाई यस वर्षको बेष्ट नेचर डेस्टिनेसनको रूपमा सूचीकृत गरेको छ ।
सूचीको शीर्ष स्थानमा नेपालको राजधानी काठमाडौँ रहेको छ । आफ्नो साइटमा ट्रिपएडवाइजरले काठमाडौँलाई चारैतिर पहाडले घेरेको, ऐतिहासिक स्थल र प्राचीन मठ–मन्दिर भएको सहरका रूपमा वर्णन गरेको छ ।
यो सूचीको दोस्रो स्थानमा भियतनामको हालोङ बे छ । इजिप्टको हुर्घदा तेस्रो र मरिसस चौथो स्थानमा छन् । त्यस्तैगरी इन्डोनेशियाको लोम्बोक पाँचौँ वेस्ट नेचर डेस्टिनेसन रहेको छ । अमेरिकाको काउआई छैठो स्थानमा छ ।
जन्जिबार टापु सातौँ स्थानमा छ भने ग्र्यान्ड केम्यान आठौँ स्थानमा छ । गुआडेलउपे सूचीको नवौँ स्थानमा र दक्षिण अफ्रिकाको क्रुगर नेसनल पार्क १० औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनविरूद्ध विद्रोहको मुद्दा
-
कब्जियत हुने पाँच कारण
-
मातृत्व जोगाउने अभियानको शुभारम्भ
-
दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘मातृभूमि’ बन्ने
-
सैफ अली खानमाथि आक्रमणको मुद्दामा १६१३ पृष्ठको आरोपपत्र : के-के छ ?
-
शिक्षकका जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्छ : सभापति देउवा