डेंगु संक्रमित बढ्दै, ४ दिनमा २० जनामा पुष्टि
आइतबार, ०९ असार २०८१, १८ : १२

काठमाडौँ । नेपालमा डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्ला ४ दिनमा देशभर २० जनामा डेंगु संक्रमण देखिएको हो ।
देशभरका ७७ जिल्लामध्ये ७२ जिल्लाका १२ सय ६८ जनामा डेंगु संक्रमित देखिएको छ । असार ५ गते १२ सय ४१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जुन २३ सम्म देशभरका १२ सय ६८ जनामा डेंगु पुष्टि भएको छ ।
‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्ने गर्छ । डेंगु लागेमा ज्वरो आउने, वान्त हुने, रिँगटा लाग्ने जस्ता लक्षण देखिन्छ ।