बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

मिस नेपाल नर्थ अमेरिकाका शीर्ष २० प्रतियोगीहरुको सूची सार्वजनिक

आइतबार, ०९ असार २०८१, १६ : ४४
आइतबार, ०९ असार २०८१

अमेरिका । मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ का लागि  शीर्ष २० प्रतियोगीहरुको नामावली प्रकाशित गरिएको छ । 

आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै अमेरिकाका बिभिन्न राज्यहरुबाट सहभागी हुने शीर्ष २० जना अन्तिम प्रतियोगीहरुको नाम सार्वजनिक गरिएको जानकारी गराएको हो । 

 शीर्ष २० मा पुग्ने प्रतियोगीहरुमा मीनेसोटाकी आयुषा तुलाधर, टेक्ससकी आदीश्री रेग्मी, नर्थ क्यारोलाईनाकी अन्ना कोइराला, क्यानडाकी अनु सुबेदी, न्यूयोर्ककी अस्मिता गिरी, मिसिगनकी अश्मिता तुलाधर, ओहायोकी दृश्य धिताल, मेरिल्याण्डकी न्यान्सी क्षेत्री, न्यूजर्सीकी ओनिकाबानिया, न्यूयोर्ककी प्रिजा राना, बोस्टनकी रिजा पुरी, मेरिल्याण्डकी रुबिना गिरी, मेरिल्याण्डकी रुबी पौडेल, टेक्ससकी सरिता थागुना, कोलोराडोकी सर्जु थापा, जर्जियाकी सोफी पोखरेल, क्यानडाकी स्वीकृति खड्का, टेक्ससकी सुजन सुनुवार र क्यालिफोर्नियाकी उषा शाह रहेका छन् ।

मिस नेपाल नर्थ अमेरिकाको ग्राण्ड फिनाले अगस्त ३ मा न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुममा हुनेछ ।

यस सुन्दरी प्रतियोगितामा नेपालका पूर्वनेपाल सुन्दरी शृंखला खतिवडा, पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ, कलाकार प्रियंका कार्की लगायत ख्यातीप्राप्त थुप्रैले प्रतियोगितामा निर्णायक (जज)को भूमिका निर्वाह गरिसकेका छन् ।

गत बर्ष मिस नेपाल नर्थ अमेरिका २०२३ जुबली शेर्पा भएकी थिइन् । यसैगरी  प्रतियोगिताको प्रथम उपबिजेता रजिला बास्तोला र द्वितीय उपबिजेता ईशा सुवेदी भएकी थिइन् ।

बिगत बर्ष झैँ यस बर्ष पनि मिस नेपाल नर्थ अमेरिकाको लागि २०१० की नेपाल सुन्दरी सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफरको भूमिका निर्वाह गर्ने भएकी छिन् । त्यस्तै प्रशिक्षक तथा मेन्टरको रुपमा प्रिया रानी लामाले गर्ने छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप