एउटा जमात अवैध सम्पत्ति लुकाउन सिङ्गो सहकारीकै बदनाम गर्दैछ ः मन्त्री अर्याल

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले, केही व्यक्तिहरूले गरेको अपराधले सिङ्गो संस्थालाई नै बदनाम गर्ने गरेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित ‘सहकारी रोजगार मेला २०८१’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीको योगदानलाई भुलेर केही व्यक्तिहरूले गरेको अपराधले सिङ्गो संस्थालाई नै बदनाम गराउने काम भइरहेको बताएका हुन् ।
उनले भने, ‘नेपालमा सहकारीको मूल्य मान्यता अनि नेपालमा सहकारीको माध्यमबाट भइरहेको विकास, लाखौँ मानिसको रोजगारी हो सहकारी हो । सहकारीले जुन आफूसँग उत्पादन भएको उत्पादनलाई बजारमा लिएर जानको लागि ठुलो सहयोग गर्यो । हामीले यी कुराहरूलाई चटक्कै बिर्सन्छौ र समाजमा रहेका केही मानिसहरू जो औँलाले गन्दा भ्याउने छन् । त्यो क्षेत्रमा आएर अपराध गर्छन् । अनि सबैले संस्थालाई नै बदनाम गर्नेतिर लाग्छन् । र बदनाम गर्न संघ, संस्था, महासंघहरू खुलेर नै लागि पर्छन् ।’
उनले अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त र अर्को अवैध सम्पत्ति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गर्ने प्रयासमा लागिरहेको टिप्पणी गरे ।
उनले भने, ‘अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त । अर्को जमात आफूहरूले राखेका अवैध सम्पत्ति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गरिरहने प्रयासमा लागिरहेका छन् । त्यसैले सहकारीले यो देशको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि के कस्तो योगदान पुर्याएको छ । सुसूचित गराउन आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा