पदक विजेता खेलाडीहरूलाई बैंक खातामार्फत पुरस्कारको रकम जाने व्यवस्था मिलाइएको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताएका छन् ।
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई सरकारले पुरस्कारको घोषणा गरेपनि अझै दिन नसकेको भन्दै आलोचना भइरहेका बेला उनले आगामी आर्थिक वर्षको बजेटमा सोको व्यवस्था गरिएको बताएकी हुन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट आवश्यक भएकाले प्रदेश र स्थानीय तहमा ससर्त अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गर्न नसकिएको पनि स्पष्ट पारे । उनले एसियन र साग खेलकुदमा पदक विजेता खेलाडीहरूका लागि ६ हजारका दरले मासिक भत्ताको पनि व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको जानकारी दिए ।
मन्त्री श्रेष्ठले युवाहरूलाई कुलतमा लाग्न नदिन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा केही रकम विनियोजन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल