हिउँदे फलफूलको सकर हटाउन नार्कको आग्रह
![हिउँदे फलफूलको सकर हटाउन नार्कको आग्रह](https://npcdn.ratopati.com/media/news/naspati_DNpbElE1cr.jpg)
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले किसानलाई हिउँदे फलफूलको सकर (अनावश्यक हाँगा) हटाउन आग्रह गरेको छ । नार्कले स्याउ, ओखर, आरु, आरुबखडा, खुर्पानी, नास्पाती, सुन्तला, जुनार, कागती आदि फलफूल नर्सरीको नियमित अनुगमन गरी सकरलाई समयमा हटाउन आग्रह गरेको हो ।
नार्कले आगामी एक साताको कृषि मौसम बुलेटिनमार्फत समयमै सकर हटाउन आग्रह गरेको छ ।
यस्तो छ आगामी साताका लागि नार्कको कृषि मौसम सल्लाह:
-आगामी साता कोशी, मधेस, बागमती प्रदेशमा मनसुनी हावाको प्रभाव रहने देखिएको हुँदा भित्र्याउने अवस्थाको चैते धानबाली काटेर खेतमा नछोड्नुहोस् ।
-वर्षे धानबालीबाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाउँ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरूको बीउ उपचार गरी ब्याड राख्नुहोस् ।
-बिहान सबेरै आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य बिहान र बेलुकीपख मात्र टिप्नुहोस् ।
-स्याउको बोटमा लाग्ने टेन्ट क्याटरपिलर कीराको लागि अनुकूल मौसम भएकोले यसको व्यवस्थापनको लागि टेन्ट समेतको हाँगालाई काटेर जलाउनुहोस् । कीराको प्रकोप बढी भएमा क्लोरानट्रानिलिप्रोल १८.५ % एस.सी. वा स्पिनोसाड ४५% एस. सी. १ एम. एल. प्रति ३ लिटर पानीमा मिसाएर छर्कनुहोस् ।
-फर्सी समूहको तरकारीमा लाग्ने चोप निस्कने डढुवा रोगको लक्षण देखापरेमा मेन्कोजेवयुक्त वा क्लोरोथालोनिल नामक विषादी २ ग्राम प्रतिलिटर पानीका दरले ८–१० दिनको फरकमा २–३ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरी छर्केर उपचार गर्नुहोस्।
-हिमाली जिल्लाहरूमा भेडाबाखालाई उच्च चरन खर्कमा लैजाने समय भएकोले खोरेत, पि.पि.आर. र बाह्य परजीवीविरुद्ध खोप र डिपिङ्ग गरी चरन क्षेत्रमा लैजानुहोस् ।
-साताको सुरु र अन्त्यमा गण्डकी प्रदेशका थोरै स्थानहरूमा साताको मध्यमा कोशी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस् । माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउनुहोस् ।
-मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने चौबीसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर – ११५५ मा फोन गर्नुहोस् । कृषि र पशु सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर– ११३५ मा हरेक सोमबार दिउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता