सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्छ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपालले विकास गर्न नसक्ने बताए । उनले अमेरिका, चीन, रुस लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएकाले विकास सम्भव भएको बताए ।
‘सम्पूर्ण जमिन राष्ट्रियकरण गरौँ । मैले आज धेरै पहिलादेखि भन्दै आएको कुरा गरेँ । जबसम्म नेपालको कृषि भूमि मात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन । अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ । त्यहाँ व्यक्तिगत छैन’ गौतमले भने, ‘अमेरिकामा मात्रै होइन, सिङ्गो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ । रुसमा पनि त्यो लागू भएको छ । चीनमा १९५३ मा राष्ट्रियकरण भयो, सबै जमिन । भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार हो । मुख्य उत्पादनको साधन हो । त्यसलाई टुक्रा टुक्रा काटेर बाँड्छौँ, देश समृद्ध हुन सक्दैन ।’
उनले भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार भएकाले उत्पादनका लागि लिजमा दिने र सबै भूमि राष्ट्रियकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए