बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

निफ्राबाट एनआईसी एसिया बैंक बाहिरिने, १० लाख कित्ता सेयर बिक्रीमा

आइतबार, ०९ असार २०८१, १४ : २९
आइतबार, ०९ असार २०८१

काठमाडौँ । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) बाट एनआईसी एसिया बैंक बाहिरिने भएको छ । बैंकले निफ्रामा रहेको आफ्नो १० लाख कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेको हो । 

सूचना अनुसार एनआईसीले निफ्रामा रहेको आफ्नो सेयर प्रतिकित्ता १०१ रुपैयाँको दरमा नै बिक्री गर्न लागेको छ । बैंकको स्वामित्वको उक्त सेयर संस्थापक सेयरधनीले मात्र नभएर सर्वसाधारण व्यक्ति, संस्था वा कम्पनीहरूले पनि खरिद गर्न सक्नेछन् । 

कम्पनीको धितोपत्र प्रबन्धक एनआईसी एसिया क्यापिटलमा इच्छुकले असार १७ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले थोरैमा १० हजार कित्ता बोलकबोल गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयर धनीहरूबाट सेयर माग नभएमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप