फोटोफिचर
मुख्यसचिव लगायतविरुद्ध मुद्दा बोकेर अदालतमा अख्तियार (तस्बिरहरू)
आइतबार, ०९ असार २०८१, १४ : ०४

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ । अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा लिएर आइतबार अख्तियार विशेष अदालत पुगेको हो ।
अख्तियारका कर्मचारीहरुले अदालतमा फाइल पेश गरेको र रुजु पछि दर्ता गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।
सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो । जसअनुसार अन्तःशुल्क स्टिकर छपाइको ठेक्का २०७९ मंसिर २६ मा प्रिन्टसेल प्रालिले पाएको थियो । जसमा भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल नेपाल किसान महासंघको महाधिवेशन आयोजक कमिटी गठन
-
तीनकुने घटनाको निसानामा परेका मिडियाको पक्षमा निर्णय लिन सरकारलाई सातदिने अल्टिमेटम
-
घट्यो सिमेन्टको मूल्य
-
स्पेनमा खानीमा भएको दुर्घटनामा दुईको मृत्यु, चार बेपत्ता
-
घिब्ली शैलीको एआईचित्रबारे चर्कियो बहस : यो कलाको अपमान हो
-
मिल्न छाडेर एकअर्काविरुद्ध लाग्दै गैरआवासीय नेपाली संघका दुई पक्ष