बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

अफगानिस्तानले अस्ट्रेलियालाई हराउँदा विश्व क्रिकेटमा बनेका रोचक कीर्तिमान

आइतबार, ०९ असार २०८१, १३ : ३५
आइतबार, ०९ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको आइतबार विहान खेलिएको ‘सुपर–८’ चरणको रोमाञ्चक खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो । उक्त नजितापछि ‘सुपर–८’ चरणको ‘समूह–१’ तालिकाको समिकरण पनि रोचक मोडमा पुगेको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने १९.२ ओभरमा अलआउट हुनुअघि एक सय २७ रनमात्र बनाउन सक्यो ।

अफगानिस्तान र अस्ट्रेलियाबिचको खेलको नतिजा त अनपेक्षित थियो नै सँगसँगै त्यो खेलमा केही कीर्तिमान पनि बनेका छन् । त्यो खेलका क्रममा बनेका यस्तै केही कीर्तिमानको विषयमा यहाँ चर्चा गरिएको छ ।

१. अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई हराएको हो । यसअघि यी दुई टोलीबिच चारवटा एकदिवसीय अन्तर्राष्ट्रियसहित कुल ६ वटा अन्तर्राष्ट्रिय खेल खेलिएको थियो । त्यसमध्ये सबै खेलमा अस्ट्रेलिया विजयी भएको थियो ।

८. अफगानिस्तानसँग पराजित हुनुअघि अस्ट्रेलिया लगातार आठवटा टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको थियो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाको यो सबैभन्दा लामो विजययात्रा हो । नवौँ खेलमा आएर अफगानिस्तानले अस्ट्रेलियाको विजययात्रामा अंकुश लगायो ।

१. अफगानिस्तानका रहमानुल्लाह गुरबाज र इब्राहिम जदरानको जोडी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा तीनवटा खेलमा एक सयभन्दा बढी रनको साझेदारी गर्ने विश्वकै पहिलो ब्याट्सम्यानको जोडी बनेको छ । पुरुष वा महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म कुनै पनि ब्याट्सम्यानको जोडीले कुनै पनि विकेटका लागि तीन पटक एक सयभन्दा बढी रनको साझेदारी गर्न सकेको छैन । रहमानुल्लाह गुरबाज र इब्राहिम जदरानको जोडीले अस्ट्रेलिया, युगान्डा र न्युजिल्यान्डविरुद्धको खेलमा एक सयभन्दा बढी रनको साझेदारी गरेका छन् । अस्ट्रेलियाविरुद्ध यो जोडीले एक सय १८ रनको साझेदारी ग¥यो ।

११८. अस्ट्रेलियाविरुद्धको खेलमा अफगानिस्तानका ओपनरद्वय रहमानुल्लाह गुरबाज र इब्राहिम जदरानको जोडीले एक सय १८ रनको साझेदारी ग¥यो । टी–२० विश्वकपमा कुनै पनि टोलीका ओपनर ब्याट्सम्यानले अस्ट्रेलियाविरुद्ध ओपनिङ विकेटका लागि गरेको यो दोस्रो ठुलो साझेदारी हो ।

२. अस्ट्रेलियाविरुद्धको खेलमा अफगानिस्तानका बलर गुलबदिन नाइबले चार ओभरमा २० रन खर्चिएर चार विकेट लिए । टी–२० विश्वकपमा कुनै पनि बलरले अस्ट्रेलियाविरुद्ध गरेको यो दोस्रो उत्कृष्ट प्रदर्शन हो । यसअघि सन् २०१४ को टी–२० विश्वकपमा अस्ट्रेलियाविरुद्ध भारतका बलर रविचन्द्रन आश्विनले केवल ११ रन खर्चिएर चार विकेट लिएका थिए ।

१. अफगानिस्तानविरुद्धको खेलपछि अस्ट्रेलियाका प्याट कमिन्स टी–२० विश्वकपको इतिहासमा दुई पटक ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन् । उनले अफगानिस्तानविरुद्धको खेलमा ह्याट्रिक विकेट लिएका थिए । त्यसअघि उनले यही विश्वकपको बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक विकेट लिएका थिए । उनी पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकभन्दा बढी पटक ह्याट्रिक विकेट लिने पाँचौँ बलर पनि बनेका छन् ।

२. अस्ट्रेलियाका प्याट कमिन्स अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दुई खेलमा ह्याट्रिक विकेट लिने दोस्रो बलर पनि बनेका छन् । यसअघि पाकिस्तानका वसिम अक्रमले सन् १९९९ मा खेलिएको श्रीलंकाविरुद्धको टेस्ट क्रिकेटमा लगातार दुई खेलमा ह्याट्रिक विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप