आफ्ना सांसदहरूलाई माओवादीले लगायो ह्विप
आइतबार, ०९ असार २०८१, १२ : २९

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रतिनिधिसभाबाट पारित गर्न माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई ह्विप लगाइएको छ । प्रमुख सचेतक हितराज पाण्डेले बजेटको पक्षमा ह्विप जारी गरेको सांसद सुशीला सेर्पाली ठकुरीले बताएकी हुन् ।
उनले आज बस्ने भनिएको संसदीय दलको बैठक भने नबसेको जानकारी दिइन् । ‘प्रतिनिधिसभाबाट बजेट पारित गर्न प्रमुख सचेतकले सांसदहरूलाई ह्विप जारी गर्नुभएको छ । आज बस्ने भनिएको संसदीय दलको बैठक भने बसेन’, उनले भनिन् । यसअघि प्रमुख सचेतक हितराज पाण्डेले बैठक बिहान ११:३० मा बस्ने जानकारी दिएका थिए ।