नासामाथि अमेरिकी परिवारले हाल्यो मुद्दा
आइतबार, ०९ असार २०८१, ११ : २४

वासिङ्टन डिसी । फ्लोरिडाको नेपल्सस्थित एक परिवारले नासामाथि मुद्दा हालेको छ । आकाशबाट खसेको एउटा सानो टुक्राले घरको छतमा क्षति पुर्याएको भन्दै परिवारले ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा हालेको हो ।
घटना यही मार्च ८ को हो । त्यतिबेला ७०० ग्राम तौल भएको वस्तु अलेजांद्रो ओटेरोको घरमाथि खस्दा छतमा प्वाल परेको थियो । त्यतिबेला ओटेरोका छोरा घरमै थिए । तर यस घटनामा कसैलाई पनि चोट नलागेको बताइएको छ । घरमा खसेको वस्तु प्रयोग भएको ब्याट्रीको कार्गो प्लेटको हिस्सा भएको नासाले पुष्टि गरेको छ ।
यसलाई सन् २०२१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फोहोरको रूपमा छोडिएको थियो । प्रायजसो पृथ्वीको सतहमा प्रवेश गर्ने बित्तिकै यी वस्तुहरू जलेर नष्ट हुन्छन् । तर यो भनेर बचेकाे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
-
समाजवादी मोर्चाको बैठक भोलि बस्दै, जनकपुरको विरोधसभा स्थगित
-
मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’
-
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
-
काठमाडौँको १९ ठाउँमा होली सम्बन्धी कार्यक्रम
-
चन्द्रागिरीमा आत्मदाह प्रयास प्रकरण : युवकका परिवारले दिए प्रहरीमा जाहेरी