घरेलु कामदारलाई दुर्व्यवहार गरेकाे आराेपमा हिन्दुजा परिवारका सदस्यलाई सजाय
लन्डन । बेलायतको सबैभन्दा धनी परिवार हिन्दुजाका चार सदस्यलाई घरेलु कामदारको शोषण गरेको मामिलामा सजाय सुनाइएको छ । हिन्दुजा परिवारले जेनेभास्थित भिलामा काम गर्न भारतबाट केही कर्मचारी लगेका थिए ।
प्रकाश र कमल हिन्दुजासमेत उनका छोरा अजय र बुहारी नम्रता शोषण र अवैध ढङ्गले जागिर दिएको मामिलामा दोषी भेटिएका छन् । अदालतले उनीहरूलाई चारदेखि साढे चार वर्षको जेल सजाय सुनाएको छ । मानव तस्करी जस्ता गम्भीर मामिलामा भने उनीहरूलाई दोषमुक्त घोषित गरिएको छ ।
यो फैसलाविरुद्ध पुनरावेदन अदालतमा जाने हिन्दुजा परिवारका वकिलले भनेका छन् । अदालतको फैसला सुनेर आफू छक्क परेको र अन्तिमसम्म लडाई लड्ने उनले बताएका छन् ।
हिन्दुजा परिवारले आफूहरूको पासपोर्ट खोसेर राखेको, अन्यत्र आउजाउमा रोक लगाएको भारतबाट ल्याइएका तीन कर्मचारीहरूले आरोप लगाएका छन् । आफूहरूलाई दिनमा १८ घण्टा काम लगाएको तर सात पाउन्ड मात्रै भुक्तानी गरेको आरोप पनि उनीहरूको थियो ।
स्विस कानुनअनुसार उनीहरुले दिनहुँ गर्ने गरेको कामका लागि कर्मचारीलाई कम्तीमा ७० पाउन्ड भुक्तानी दिनुपर्ने थियो । हिन्दुजा परिवारले घरेलु कामदारलाई स्विस फ्र्याङ्कमा नभएर भारतीय रुपैयाँमा भुक्तानी गरेको बताइएको छ ।
हिन्दुजा परिवारको नेटवर्थ ४७ अर्ब डलर छ । यो परिवारले आफ्नो नोकर चाकरलाई भन्दा धेरै खर्च कुकुरमाथि गर्ने गरेको भन्दै निकै आलोचना पनि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा ६ लाख बढीको अवैध सामान बरामद
-
महत्त्वपूर्ण ८ पद हत्याउने दबाबमा एमाले, कांग्रेस र माओवादी
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ