बैंकको खराब कर्जा ८ प्रतिशतसम्म जान सक्छ : अध्यक्ष केसी
काठमाडौँ । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा (एनपीएल) ८ प्रतिशतसम्म जान सक्ने बताएका छन् । आइतबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा व्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्दै अध्यक्ष केसीले केही प्राविधिक कारणका बिच गलत अभियानले पनि बैंकहरुको लगानी उठ्न नसकेको बताए ।
'बैंकहरुको लगानी उठ्न नसक्नुमा सरकार पनि जिम्मेवार छ । ऋण तिर्दैनौँ तिर्न हुँदैन जस्ता गलत अभियान चल्दै गर्दा सरकारले सुनेको नसुन्यै गर्यो । यसले गलत मनसाय बोकेका र ऋण तिर्न नपरे हुन्थ्यो भन्नेहरूलाई आत्मबल मिल्यो । कतै ऋण मिनाहा हुन्छ कि तिर्न पर्दैन कि भन्ने मनोभावले पनि काम गरेको देखिन्छ । अर्कोतर्फ प्राविधिक कारण कोभिड(१९ को महामारीले शिथिल अर्थतन्त्र उठाउन बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह गरे । यसले पनि अहिले अप्ठ्यारो पारेको अवस्था छ' अध्यक्ष केसीले भने,'ुबढी भन्दा बढी लगानी यतिबेला कन्स्ट्रक्सन क्षेत्र फसेको छ । यस्तै, कृषि क्षेत्रमा पनि ठुलै लगानी रोकिएको अवस्था छ । साना, घरेलु तथा मझौला (एसएमईज्) क्षेत्र पनि केही लगानी फसेको अवस्था छ' केसीले भने ।
दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैगर्दा पोखरा र भैरहवा क्षेत्रका होटलहरुमा ठुलो लगानी गर्दा पनि बैङ्कहरूको पैसा फसेको केसीको भनाइ छ । सोही अवसरमा अध्यक्ष केसीले हाल बैंक तथा वित्तीय संस्थाको ओैसत एनपीएल दर ४ प्रतिशत हाराहारी रहेकोमा अझ केही बढेर ७(८ प्रतिशतसम्म पुग्न सक्ने खतरा रहेको बताए ।श्रीलंकाको एनपीएल दर १३ प्रतिशत रहेकोमा हाललाई नेपालको मध्यम मान्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उदयपुरमा विपन्न परिवारको आवासका लागि ८० घर निर्माण
-
जीडीपी राष्ट्रवाद
-
अस्ट्रेलियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
-
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
बंगलादेशले स्कटल्यान्डलाई हरायो, अस्ट्रेलियाविरुद्धको खेलअघि नेपाललाई थोरै राहत
-
राजधानीको भोटेबहालबाट धनमाल चोरी भएको घटनामा चार जना पक्राउ