टी–२० विश्वकप : अफगानिस्तानले अस्ट्रेलियालाई हराएपछि समीकरण रोचक मोडमा

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको आइतबार बिहान सम्पन्न ‘सुपर–८’ चरणको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको छ ।
अफगानिस्तानको जितसँगै सुपर–८’ चरणमा ‘समूह–१’ तालिका पनि रोचक मोडमा पुगेको छ । उक्त समूहमा चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् ।
चार अङ्कसहित भारत तालिकाको पहिलो स्थानमा आसीन छ । दुई अङ्कसहित अस्ट्रेलिया दोस्रो स्थानमा छ । दुई अङ्क नै बटुलेको अफगानिस्तान तेस्रो र खाता खोल्न नसकेको बङ्गलादेश चौथो स्थानमा छन् ।
वर्तमान समीकरणलाई हेर्दा उक्त समूहको अन्तिम चरणको खेल निकै रोमाञ्चक हुनेछ । अन्तिम चरणको खेलमा भारतले अस्ट्रेलिया र अफगानिस्तानले बङ्गलादेशको सामना गर्नेछन् ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने १९।२ ओभरमा अलआउट हुनुअघि एक सय २७ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङको गरेको अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमतुल्लाह गुरबाजले ६० रनको योगदान गरे । उनले ४९ बलमा चार छक्का र चार चौका पनि प्रहार गरे ।
अर्का ओपनर इब्राहिम जदरानले पनि अर्धशतकीय पाली खेले । उनले ४८ बलमा ६ चौकाको मद्दतले ५१ रन बनाएका थिए । यी दुईले ओपनिङ विकेटका लागि एक सय १८ रनको साझेदारी गरे ।
अस्ट्रेलियाका बलर प्याट कुमिन्सले तीन विकेट लिए । उनले चार ओभरमा २८ रन खर्चिए । एडम जाम्पाले पनि दुई विकेट हात पारे । मार्कुस स्टोइनिसले पनि एक विकेट लिए ।
जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाका लागि चौथो नम्बरका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले ५९ रनको योगदान गरे । उनले ४१ बलमा तीन छक्का र ६ चौका पनि प्रहार गरे ।
अस्ट्रेलियाका अन्य ब्याट्सम्यान अफगानिस्तानका बलरसामु निरीह देखिए । कप्तान मिचेल मार्सले १२ र मार्कुस स्टोइनिसले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका बलर गुलबदिन नाइबले चार विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । नविन उल हकले पनि तीन विकेट हात पारे । उनले पनि चार ओभरमा २० रन खर्चिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल र अफगानिस्तानबिच निर्णायक खेल आज, जित्ने टोली सिधै विश्वकपमा
-
प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे