शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

नेपाली जनप्रगतिशील मञ्च जापानको क्षेत्रीय समितिद्वारा सङ्गठनात्मक सुदृढीकरण कार्यक्रम सम्पन्न

आइतबार, ०९ असार २०८१, ०७ : ५२
आइतबार, ०९ असार २०८१

जापान ।  नेपाली जनप्रगतिशील मञ्च जापान, च्युबू मिए क्षेत्रीय समितिको आयोजनामा नागोयामा सङ्गठनात्मक सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ। मनोरञ्जनका साथ साथै साङ्गठनिक सुदृढीकरण सहितको उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मञ्चका क्षेत्रीय इन्चार्ज हरीदोङ तामाङले जानकारी दिए । 

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्र, एसिया प्रदेश सहसंयोजक डा भूपालमान श्रेष्ठले सङ्गठनले राजनैतिक तथा सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएको र आगामी दिनमा अझै कटिबद्ध र एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिँदै सङ्गठनलाई आआफ्नो क्षेत्रबाट अझ सशक्त बनाउन आग्रह गरे । 

उनले सङ्गठनका गतिविधि बाहेक जापानमा हुने अन्य गतिविधि , जापान सरकारका परिवर्तन भइरहने नीति नियमसँग पनि जानकार रहनु पर्ने बताउँदै  सरकारले यही जून महिनाबाट लागू गरेको आम्दानी र पारिवारिक सङ्ख्याको आधारमा निश्चित रकम कर कटौती (तेईगाकुगेनजेई)को बारेमा जानकारीमूलक विषयवस्तु प्रस्तुत गरे । 

त्यसैगरी एसिया प्रादेश सदस्य तथा जनप्रगतिशील मञ्च जापानका इन्चार्ज सालिकराम भण्डारीले वैचारिक प्रशिक्षण दिँदै पार्टी सङ्गठनमा अधिवेशनका बेला भएका केही असहमतिलाई सधैँ बोकेर हिँडियो भने सङ्गठन बलियो हुन नसक्ने बताए । 

सङ्गठनले सुम्पेको जिम्मेवारी पूरा गर्न सबै लाग्नु पर्नेमा उनले जोड दिए। त्यस्तै गरी  नेकपा माओवादी केन्द्र एसिया प्रदेश महिला संयोजक कालिका थापाले आधा आकाश ढाक्ने महिलाहरूलाई राजनीतिक र सामाजिक क्षेत्रमा सहभागिता बढाउनुपर्नेमा जोड दिइन् । 

नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेलले सङ्गठनलाई र प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाएर लगिने र जापानमा रहेका विशेष गरी विद्यार्थी, डिपेण्डेन्ट, कुक लगायतका समस्या समाधान गर्न हेल्पडेस्क बनाएर अगाडि बढिरहेको र सहयोग गरिरहेको बताए। कार्यक्रममा सङ्गठनका अनुशासन विभागका संयोजक अर्जुन ढकाल, कन्साई क्षेत्रीय समिति इन्चार्ज प्रकाश गैरे, कान्तो क्षेत्रीय समितिका अध्यक्ष सुनील देवकोटा, च्युबु मिए क्षेत्रीय समितिका अध्यक्ष रञ्जित गौतमले मन्तव्य राखेका थिए। 

कार्यक्रमको अध्यक्षता च्युबु मिए क्षेत्रीय समितिका उपाध्यक्ष एवं कार्यक्रम संयोजक  किरण तिवारीले र सञ्चालन सहसचिव रञ्जित रानाले गरेका थिए भने स्वागत मन्तव्य अर्का उपाध्यक्ष मनोज अधिकारीले राखेका थिए ।  कार्यक्रम मनोरन्जनात्मक, जानकारीमूलक तथा साङ्गठनिक रूपमा निकै उपलब्धिमूलक, भव्य र सभ्य रूपमा सम्पन्न भएको क्षेत्रीय अध्यक्ष रञ्जित गौतमले बताए । इचिनोमिया स्थित ओनो पार्कमा सम्पन्न कार्यक्रममा टोकियो, ओशाकाबाट  सहभागीहरू उपस्थित भएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप