बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

दमौली अस्पतालमा थपिए  दुई थान डायलाइसिस मेसिन

आइतबार, ०९ असार २०८१, ०६ : १९
आइतबार, ०९ असार २०८१

तनहुँ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई  रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस  मेसिन प्रदान गरेको छ । 

कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरे । अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । 

अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा बरालले  जानकारी दिए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप